सिटिजन्स बैंक इन्टरनेसनल र रुपन्देहीस्थित क्रिमसन अस्पतालबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले क्रिमसन अस्पतालमा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।