तरुण दलले कांग्रेसले शनिबारबाट सुरु गरेको संगठन शुद्धीकरण अभियानमा सहभागी हुन देशभरका एकाइलाई निर्देशन दिएको छ । अध्यक्ष विद्वान् गुरुङले परिपत्र गरी ३० साउनसम्म हुने अभियानमा सहभागी हुन निर्देशन दिएका हुन् ।
‘अभियानमा खटिएका पार्टीका केन्द्रीय प्रतिनिधि, जिल्ला कार्यसमिति पदाधिकारी एवं सदस्यसँग समन्वय गरी अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरिन्छ,’ परिपत्रमा भनिएको छ । तरुण दलले अभियानका लागि सबै जिल्लामा आफ्ना प्रतिनिधि पठाउनेसमेत उल्लेख गरेको छ ।
कांग्रेसको २ देखि १० साउनसम्म बसेको केन्द्रीय समिति बैठकले पहिलो चरणमा २० देखि ३० साउनसम्म आन्तरिक र दोस्रो चरणमा १० देखि २४ भदौसम्म समुदायमा कांग्रेस ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन गर्ने निर्णय गरेको थियो ।