मुक्तिनाथ विकास बैंकका ग्राहकलाई शुक्र हाउस अफ डाइग्नोस्टिकमा छुट

शुक्रबार, १९ साउन, २०८०
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंको पानीपोखरीमा रहेको शुक्र हाउस अफ गाइग्नोस्टिक एन्ड वेलनेस सेन्टरमा छुट पाउने भएका छन् । बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिने उद्देश्यले शुक्र डाइग्नोस्टिकसँग छुटसम्बन्धी सम्झौता गरेको हो ।  

सम्झौताअनुसार बैंका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले शुक्र हाउसका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने जनाइएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ । 

सुझावित समाचार