संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको परिषद्को बैठकले प्रधानन्यायाधीश पदमा श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको परिषद् सदस्य एवं राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।
वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेरहदका कारण शनिबारदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।