नागढुंगा सुरुङमार्गकाे पहिरो रोकथामका लागि जग्गा प्राप्ति गर्न स्वीकृति

बिहिबार, १८ साउन, २०८०
डिजिटल संस्करण

सरकारले नागढुंगा सुरुङमार्गको पश्चिम खण्डको पहिरो रोकथामका लागि स्थानीयको जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ। पहिरो रोकथाम गर्न बनाइने पक्की संरचनाका लागि धादिङको साबिक नौबिसे गाविस– ४ को ४२१.९६ वर्गमिटर जग्गा प्राप्ति गर्न सरकारले स्वीकृति दिने निर्णय गरेको हो।

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन्। ‘नागढुंगा सुरुङमार्ग आयोजनाको पश्चिम खण्डको पहिरो रोकथाम गर्न बनाइने पक्की संरचनाका लागि धादिङ जिल्ला साबिक नौबिसे गाविस वडा नम्बर ४ को ४२१.९६ वर्गमिटर जग्गा प्राप्ति गर्न जग्गा प्राप्ति ऐन २०३४ को दफा ३ बमोजिम स्वीकृति दिने,’ उनले भनिन्।

त्यसैगरी, कमला–ढल्केबर–पथलैया सडकखण्ड स्तरोन्नतिका लागि सडक सीमाभित्र पर्ने संरचना प्राप्ति गरी क्षतिपूर्ति दिई हटाउनसमेत सरकारले स्वीकृति दिएको छ।

सुझावित समाचार