प्रचण्डको प्रतिवेदनमाथि ५७ केन्द्रीय सदस्यले राखे धारणा

बिहिबार, १८ साउन, २०८०
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि ५७ केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्।

बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा बिहीबारसम्म ५७ केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनमाथि सुझाव दिएका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। पार्टी अध्यक्षको प्रतिवेदन मूल रूपमा ठीकै भए पनि व्यवहारमै कार्यान्वयन गरेर जानुपर्ने अधिकांश केन्द्रीय सदस्यहरूको सुझाव रहेको महराले जानकारी दिए।

प्रचण्डले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा पार्टी पुनर्निर्माण र रूपान्तरणका लागि संगठन विस्तार र सुदृढीकरण गर्दै एक वर्षभित्र विधान सम्मेलन र विशेष महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ।

सुझावित समाचार