प्रस्तावित राजदूतहरूको सुनुवाइ सकियो, समितिले आजै निर्णय दिने

बिहिबार, १८ साउन, २०८०
डिजिटल संस्करण

संसदीय सुनुवाइ समितिले विभिन्न देश र नियोगका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सम्पन्न गरेको छ। २६ असारमा सरकारले ६ राजदूत सिफारिस गरेको थियो।

संसदीय समितिले बुधबार तीन र बिहीबार तीनजनाको सुनुवाइ गरेको हो। सुनुवाइ सम्पन्न भएपछि अनुमोदन गर्ने वा नगर्ने निर्णय लिन सुनुवाइ समितिको बैठक बसिरहेको छ। समितिले आजै निर्णय दिने बताइएको छ।

संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कमा लोकबहादुर थापा, राष्ट्रसंघीय नियोग जेनेभामा रामप्रसाद सुवेदी, फ्रान्समा सुधीर भट्टराई, थाइल्यान्डमा धनबहादुर ओली, युएईमा तेजबहादुर क्षेत्री र कुवेतमा घनश्याम लम्साल सिफारिस भएका थिए।

सुझावित समाचार