प्रस्तावित दुई राजदूतको सुनुवाइ

बिहिबार, १८ साउन, २०८०
डिजिटल संस्करण

संसदीय सुनुवाइ समितिले दुई देशका राजदूतमा प्रस्तावित दुईजनाकाे सुनुवाइ गरेको छ। समितिको बिहीबार बसेको बैठकले युनाइटेड अबर इमिरेट्स (युएई)का लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालको सुनुवाइ गरेको हो। 

प्रस्तावित राजदूतहरूले आफूले जिम्मेवारी पाए दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भूमिका खेल्ने बताए। बैठकमा बोल्दै युएईका लागि प्रस्तावित नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आफ्नो लागि यो एउटा अवसर भएकाले त्यहाँ रहेका नेपालीहरूको सहयोग गर्ने प्रतिबद्धता जनाए।
 
बैठकमा कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालले आफू संसदीय समितिबाट अनुमोदित भएपछि कुवेतमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमानलाई ध्यान राखेर काम गर्ने बताए। 
 

सुझावित समाचार