बुद्धिचाल विश्वकपमा रूपेशले रोके ग्रान्ड मास्टरलाई

मंगलबार, १६ साउन, २०८०
डिजिटल संस्करण

नेपालका फिडे मास्टर रुपेश जैसवालले अजरबैजानमा चलिरहेको बुद्धिचाल विश्वकपमा ग्रान्डमास्टर गेदिर गुसेनोभलाई बराबरीमा रोकेका छन्। 

उनले रेटिङमा आफूभन्दा ५ सय ३९ स्थानमाथि रहेका खेलाडीलाई रोकेको नेपाल बुद्धिचाल संघले जनाएको छ। 

प्रतिस्पर्धामा उनको यो दोस्रो खेल थियो। प्रतियोगितामा सहभागी दुई सय ६ खेलाडीमध्ये जैसवाल दुई सय ३औँ स्थानमा रहेका छन्। उनी विश्वकप खेल्ने नेपालका एक मात्र खेलाडी हुन्।

सुझावित समाचार