आइएमई पेको ‘प्रिटी उत्सव’ योजना

मंगलबार, १६ साउन, २०८०
डिजिटल संस्करण

आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’ नामक योजना ल्याएको छ । कम्पनीले साउन ३२ गतेसम्मका लागि यो योजना ल्याएको हो । 

योजनाअनुसार विजेता हुने प्रत्येक ग्राहकलाई प्रिटी क्लिकको पाँच हजार रुपैयाँको भौचर प्रदान गर्ने जनाइएको छ । यसमा भाग लिन सेवाग्राहीले अफर अन्तरालभरि कम्तीमा एकपटक आइएमई पेमार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्नुपर्ने जनाइएको छ । 

अफर समयभरि प्रत्येक पाँच दिनपश्चात् गोला प्रथामार्फत दुईजना विजेता छनोट गरिने जनाइएको छ । सेवाग्राहीले जुनसुकै क्युआरमार्फत भुक्तानी गर्न सक्ने उल्लेख छ । विजेताहरूले प्रिटी क्लिकमा गएर जितेको भौचरको प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । यो अफर आइएमई पेको महिला सेवाग्राहीका लागि मात्र मान्य रहेको जनाइएको छ ।  

सुझावित समाचार