आइटी र इ–कमर्स कलेज सफ्टवेरिकाले आयोजना गरेको स्मार्ट टेक्नोलोजीसम्बन्धी प्रदर्शनी ‘टक एक्स २०२३’ मा भाइपर स्ट्राइक नामक टोलीले रोबर्ड लडाकुसम्बन्धी प्रतियोगिता ‘रोबो वार’ जितेको छ । कलेज परिसरमा जुलाई २७ देखि जुलाई ३० सम्म आयोजना भएको प्रदर्शनीमा ३० भन्दा बढी नवप्रवर्तनमध्ये मुख्य आकर्षण रहेको रोबो वार जितेर उक्त टोलीले ७५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा ‘काजाडोर’ टोली उपविजेता बनेर २५ हजार रुपैयाँ जितेको कलेजले जनाएको छ । चार दिन लामो उक्त प्रदर्शनीमा राजनीतिज्ञ, सेलेब्रिटी, विभिन्न क्षेत्रमा चिनिएका व्यक्तिहरूलगायत १० हजारभन्दा बढी सर्वसाधारणको उपस्थिति रहेको जनाइएको छ । प्रदर्शनीमा सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीले तयार पारेका परियोजना प्रदर्शन गरेको उल्लेख छ ।
सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीले तयार पारेका परियोजना प्रदर्शन गर्न प्रत्येक वर्ष प्रदर्शनी आयोजना गर्ने गरिएको कलेजको भनाइ छ । यसपटक ‘आइओटी एक्स्पो’ नामले चिनिने सफ्टवेयर प्रदर्शनीलाई ‘टेक एक्स्पो’ नाम दिइएको जनाइएको छ ।