दहीमा चिनी वा सख्खर हालेर तयार गरिएको पेय पदार्थलाई नै लस्सी भनेर बुझिन्छ । गर्मीमा यसको माग ज्यादा हुन्छ । फरक थरीका लस्सीको फरक विशेषता छन् । स्विट कर्डमा जुनसुकै फ्लेबर फ्रुट वा ड्राइफ्रुट हालेर ब्लेन्ड गर्यो भने लस्सी बन्छ ।
एभोकाडो लस्सी : बोक्रा र दाना निकालेको एउटा ठूलो खालको पाकेको एभोकाडोलाई उमालेर चिसो भएको आधा लिटर दूधमा घोल्नुस् । यसमा सात गेडा आल्मन्ड मिसाउनुस् । थोरै आइस, दुई चम्चा मह र दुई चम्चा कागतीको रस हालेर ब्लेन्ड गरी सर्भ गर्न सकिन्छ ।
म्यांगो लस्सी : बोक्रा र कोया हटाइएको पाकेको आँपलाई ब्लेन्डरमा राख्नुस् । एक चम्चा मह, आधा–आधा कप दही र दूध हालेर ब्लेन्ड गरी सर्भ गर्न सकिन्छ ।
स्ट्रबेरी लस्सी : राम्ररी पाकेको सातदेखि १० दाना स्ट्रबेरीलाई आधा कप दही, आधा कप दूध, स्ट्रबेरी सिरप दुई चम्चा, एक स्कुप स्ट्रबेरी आइसक्रिम हालेर ब्लेन्ड गरी सर्भ गर्न सकिन्छ ।