महेन्द्रनगरमा डिसहोम फाइबर नेट सेवा सुरु

सोमबार, १५ साउन, २०८०
डिजिटल संस्करण

 डिस मिडिया नेटवर्क लिमिटेड (डिस होम)ले कञ्चनपुरको महेन्द्रनगरमा डिसहोम फाइबर नेटको औपचारिक सुरुवात गरेको छ ।

सेवा उद्घाटन डिस मिडियाका एक्ज्युकेटिभ भाइस प्रेसिडेन्ट रमेश सापकोटाले रेभिन्यु एन्ड कलेक्सन हेड उज्ज्वल न्यौपाने, रिजनल सेल्स म्यानेजर बिपेन्द्र न्यौपाने, सिनियर सेल्स अफिसर कमल रिमाललगायतको उपस्थितिमा गरेका हुन् । 

कम्पनीको बिक्रीपछिको सेवा तथा सोरुमको सञ्चालन रोयल मल्टी पर्पोजले गर्ने जनाइएको छ । हालसम्म कम्पनीले आठ सय ५० भन्दा धेरै ग्राहकलाई डिसहोमको फाइबर नेटको सेवा उपलब्ध गराइसकेको कम्पनीले जनाएको छ । अब अझ बढी ग्राहकमाझ पुग्नका लागि यो सोरुमले मद्दत गर्ने रोयल मल्टी पर्पोजका सञ्चालक दिनेश चन्दले बताए । 

सुझावित समाचार