पहिरो हटेपछि चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड बिहान साढे नौ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको भएको थियो।
इच्छाकामना गाउँपालिका– ६ स्थित कालीखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको सडक पन्छाएपछि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।