गणपूरक संख्या नपुगेपछि लेखा समितिको बैठक स्थगित

शुक्रबार, १२ साउन, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ। शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन। 

२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित हुँदा समिति बैठक स्थगित भएको हो। आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको बैठककक्षमा बोलाइएको थियो। तर, सांसदहरू उपस्थित हुन नसक्दा बैठक बस्दै नबसी स्थगित भएको हो।

सुझावित समाचार