साना किसान लघुवित्तको सेयर रजिस्ट्रारमा सनराइज क्यापिटल

शुक्रबार, १२ साउन, २०८०
डिजिटल संस्करण

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड तथा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन भएपश्चात् सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरिएको हो ।

नियुक्तिसम्बन्धी सम्झौतामा लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत डा. नवराज सिम्खडा तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेको जनाइएको छ । 

सुझावित समाचार