आँखुखोला जलविद्युतकाे हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

शुक्रबार, १२ साउन, २०८०
डिजिटल संस्करण

आँखुखोला जलविद्युत् कम्पनीले जारी गर्न लागेको हकप्रद सेयर निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक तथा सेयर रजिस्ट्रारमा नियुक्त भएको छ । आँखुखोलाले एकबराबर एक दशमलव पाँचको अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 

सम्झौतासँगै सेयरधनीलाई हकप्रद सेयर निष्कासनसम्बन्धी कार्यका लागि आवश्यक पूर्वतयारी सुरु भएको र तयारी सकिएसँगै नियामक निकायहरूबाट हकप्रद सेयर निष्कासनका लागि अनुमति माग गरिने कम्पनीले जनाएको छ । सम्झौतामा आँखुखोलाका अध्यक्ष राम श्रेष्ठ तथा नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरेको जनाइएको छ । 

काठमाडौंबाट करिब एक सय ३२ किलोमिटर टाढा धादिङ जिल्लामा रहेको आँखुखोला बुढीगण्डकी नदीको प्रमुख सहायक नदीमध्ये एक हो । आँखुखोलाको क्याचमेन्ट क्षेत्र करिब ६ सय ३३ किलोमिटर रहेको जनाइएको छ । यसको बहाब औसत वार्षिक प्रवाह ५८.३८ क्युमेक अनुमान गरिएको छ । ३४.५ क्युमेकको डिस्चार्ज ४० प्रतिशतभन्दा बढी सम्भाव्यता भएको मानिएको छ । कम्पनीको विद्युत् उत्पादन क्षमता ८.४ मेगावाट रहेको र उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जडान गरिएको छ । 

सुझावित समाचार