सप्तरीमा एक युवक मृत अवस्थामा फेला, एक घाइते

शुक्रबार, १२ साउन, २०८०
डिजिटल संस्करण

सप्तरीमा एकजना युवक मृत अवस्थामा फेला परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका- १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव शुक्रबार बिहान घरनजिकै हिलोमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहका अनुसार २१ वर्षीय मण्डलको शव शुक्रबार बिहान घरनजिकै हिलोमा फेला परेको र अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेको जानकारी दिए ।

‘घटनास्थलको प्रकृति हेर्दा युवकको हत्या नै भएको देखिन्छ । अर्का युवक घाइते छन् । घटना कति वेलाको हो त्यो खुल्न सकेको छैन,’ प्रवक्ता सिंहले भने । उनका अनुसार स्थानीयले आज बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

सुझावित समाचार