सुन तस्करीमा संलग्न रहेको आशंका गरिएका व्यवसायी राकेश अडुकियाको काठमाडौंस्थित घरमा राजस्व अनुसन्धान विभागले छापा हानेको छ।
विभागले बुधबार उनको कालोपुलस्थित घरमा छापा हानेको हो।
अडुकिया केही दिनअघि नै नेपाल छाडेर भागिसकेका छन्। यद्यपि, विभागले ‘ट्र्याक गरेको’ अनुमान छ। अडुकिया नेपालमा गाडी, चाँदीलगायतका व्यवसायमा संलग्न छन्।