फर्मल ड्रेसअप गर्दा

बुधबार, १० साउन, २०८०
डिजिटल संस्करण

लुज कपडा लगाउँदा उमेर धेरै भएजस्तो देखिन्छ । भर्खरको देखिनका लागि न त धेरै लुज, न धेरै टाइट अर्थात् तपाईंको शरीरमा फिट हुने कपडा लगाउनुपर्छ । 

- ब्ल्याक कलरको सुट र ह्वाइट कलरको सर्टलाई युनिभर्सल कम्बिनेसन मानिन्छ । गहँुगोरो स्किन भएकालाई साइनिङ कलर छनोट गर्दा राम्रो देखिन्छ । रंंगिचंगी सर्ट रोज्नुको साटो एकै कलरको सर्ट रोज्नुभयो भने राम्रो हुन्छ । किनकि, फर्मल ड्रेसअप भनेकै सिम्पल र क्लासिक हो । त्यसैले धेरै टल्कने रङ पनि नछान्नुस् । दिउँसोको समय कुनै इभेन्टमा जाँदै हुनुहुन्छ भने ह्वाइट, लाइट ब्लुजस्ता लाइट कलरका सर्ट छान्नुस् । यदि रातको समारोह छ भने डार्क, नेभी ब्लु, मरुनजस्ता डार्क कलरका सर्ट छान्नुपर्छ । यदि सर्टमा प्याटर्न टाई गर्न चाहनुहुन्छ भने छोटो–छोटो प्याटर्नको सर्ट छान्नुहोस् । 

- फर्मल ड्रेसअप गर्दा तपाईंको कपडा आइरन गर्न नभुल्नुस् । 

- पाइन्ट छान्दा सही लेन्थको छान्नुस् । तपाईंको पाइन्टको लेन्थ धेरै लामो भयो भने राम्रो देखिँदैन । धेरै छोटो पनि सुहाउँदैन । 

- धेरै भद्दा देखिने गरी गहना लगाउनु राम्रो मानिदैन । तपाईंले सिम्पल घडी लगाउन सक्नुहुन्छ । बेल्ट पनि सिम्पल नै राम्रो देखिन्छ । 

- आफ्नो पहिरनमा म्याच हुने, राम्रोसँग पोलिस गरिएको छालाको जुत्ता लगाउनु राम्रो हुन्छ । बेल्टको रङसँग जुत्ताको रङ म्याच गर्दा राम्रो र स्मार्ट देखिन्छ । 

See More On

सुझावित समाचार