चर्चामा टिभी प्रस्तोतासँगको अफेयर

बुधबार, १० साउन, २०८०
डिजिटल संस्करण

चीनका विदेशमन्त्री सार्वजनिक दृश्यबाट हराउनु र अहिले आएर उनको बर्खास्तीलाई प्रसिद्ध टिभी प्रस्तोता फु सियाओटियनसँगको अफेयरलाई जोडेर हेर्ने थुप्रै छन् । विशेष गरी ताइवान र हङकङका प्रेसमा छिन र फुको सम्बन्धका समाचारले महत्व पाएका छन् ।

विदेशमन्त्री सार्वजनिक रूपमा नदेखेएपछि समाजिक सञ्जालमा छिन र फुको अन्तर्वार्ताका केही क्लिप भाइरल भए, जहाँ उनीहरू एकअर्कालाई ‘स्नेहपूर्ण झिस्काइरहेको’ देखिन्छ । सो अन्तर्वार्ता गत वर्ष मार्चकै हो । त्यस समय छिन वासिङटन डिसीमा चीनका लागि अमेरिकी राजदूतको जिम्मेवारी निभाइरहेका थिए । 

फु सियाओटियन चिनियाँ फिनिस्क टिभीमा चर्चित अन्तर्वार्ता सो ‘टक विथ वल्र्ड लिडर्स’की प्रस्तोता र कार्यक्रम निर्माता हुन् । क्याम्ब्रिज विश्वविद्यालय पढेकी फु चिनियाँ टेलिभिजनमा सबैभन्दा प्रख्यात व्यक्तित्वमध्ये एक हुन् । उनलाई विभिन्न समय उच्च सरकारी अधिकारीहरूसँग अन्तर्वार्ता लिँदै गरेको देखिन्थ्यो ।

छिन हराएकै समयको आसपासबाट ४० वर्षकी फु सार्वजनिक रूपमा देखिएकी छैनन् । यसले पनि दुईबीचको सम्बन्धको विदेशमन्त्रीको बर्खास्तीमा हात रहेको आशंकालाई बल दिएको हो । सार्वजनिक मञ्चबाट बेपत्ता हुनुअघि आफ्नो अन्तिम सामाजिक सञ्जाल पोस्टमा, फुले हवाईजहाजको फोटो, छिनसँगको अन्तर्वार्ताको स्क्रिनसट र आफ्नो छोरासँगको फोटो सेयर गरेकी छिन् । नेतृत्वको पक्षमा परेका छन् । चीनमा उच्च अधिकारीको अफेयरका प्रकरण बाहिरिरहन्छन्, तर कहिलेकाहीँ ती सम्बन्ध राजनीतिक कारबाहीको कारण बन्न सक्छन् । 
 

सुझावित समाचार