उदयपुरमा लागुऔषधसहित दुईजना पक्राउ

आइतबार, ७ साउन, २०८०
डिजिटल संस्करण

उदयपुरको त्रियुगा नगरपालिका–६ बाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरी टोली र प्रहरी चौकी लालपत्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा त्रियुगा नगरपालिका–४ फर्सेटका वर्ष १९ को दीपेश चौधरी र वर्ष १८ का आयुष चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्द चौधरीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकाहरूको साथबाट लागुऔषध फेनार्गन–४१ एम्पुल, डाइजेपाम –४३ एम्पुल र ब्रुपिनोर्फिन–४४ एम्पुल गरी जम्मा एक सय २८ एम्पुल बरामद गरिएको छ।
 

See More On

सुझावित समाचार