बिपीको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्छ : अर्थमन्त्री महत

शनिबार, ६ साउन, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पुर्याउनुपर्ने बताएका छन्।

बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले शनिबार आयोजना गरेको कार्यक्रममा उनले पार्टीले बिपी कोइरालाको साहित्य क्षेत्रलाई छपाएर गाउँगाउँसम्म पुर्याउनुपर्ने उल्लेख गरे। ‘थोरै साक्षरतादर भएको समयमा बिपी कोइरालाले साहित्य सिर्जना गर्नुभएको थियो, त्यसलाई छपाएर गाउँगाउँमा लैजान सके युवा पुस्ताले बिपीको साहित्यबाट  प्रेरणा लिन सक्थे,’ उनले भने।

अर्थमन्त्री डा. महतले पार्टीभित्र एक अर्काप्रति गालीगलौजको संस्कार विकसित भएको उल्लेख गर्दै उक्त संस्कारले पार्टी अगाडि बढ्न नसक्ने धारणा राखे। उनले कांग्रेसले गरेका राम्रा कामलाई आमजनतासम्म पुर्याउन नसकेको बताए।

सुझावित समाचार