सशस्त्र प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणको चिनीसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गणमातहत रहेको बोर्डर आउट पोस्ट दोदाबाट खटिएको टोलीले शनिबार अवैध चिनी र सवारीसाधनसहित ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरेको हो। गणका गणपति प्रेमबहादुर रावलका अनुसार भन्सार छली ल्याएको ३५ क्विन्टल चिनीसहित ओसारपसारमा प्रयोग भएको से १ च १२२९ नम्बरको बोलेरो पिकअप गाडी बरामद भएको छ।
लालझाडी गाउँपालिका १ नौरंगा क्षेत्रबाट उक्त चिनी तस्करीमा संलग्न दुईजनालाई समेत पक्राउ गरिएको छ। सशस्त्र प्रहरी उपरीक्षक रावलका अनुसार कृष्णपुर नगरपालिका– ५ गुलरियाका लोकेन्द्र बोहरा (चालक) र लालझाडी गाउँपालिका १ बिनबारी बस्ने विशाल बडायकलाई पक्राउ गरिएको हो।