मनोज राम-बबिता प्रेमविवाह प्रकरण : रूपेश रामको रिटमाथि कारण देखाऊ आदेश

शुक्रबार, ५ साउन, २०८०
डिजिटल संस्करण

श्रीमती अपहरणको झुटो आरोपमा थुनामा पुर्याइएका सप्तरीका मनोज राम सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भए पनि सोही आरोपमा उनका दाजु रूपेश राम भने अझै थुनामै छन्।

एउटै अभियोगमा भाइ थनामुक्त हुँदा हिरासतमै रहेका रूपेशले बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले आज रूपेशलाई थुनामा राख्नुपर्नेबारे कारण देखाऊ आदेश जारी गरेकाे छ । साथै सर्वाेच्चले २४ घन्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएकाे छ।

सप्तरी राजविराजकी बबिता इसरसँग प्रेमविवाह गरेपछि दलित समुदायका मनोज राम र उनका दाजुलाई बबिताको अपहरण गरेको आरोपमा पक्राउ गरिएको थियो। 

जिल्ला अदालत सप्तरीको आदेशमा उनीलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो। बिहीबार रूपेशको पक्षबाट अधिवक्ता शैलेन्द्र अम्बेडकरले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। 

सुझावित समाचार