मौद्रिक नीतिमा सामञ्जस्यता कायम गर्न राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन

बिहिबार, ४ साउन, २०८०
डिजिटल संस्करण
मौद्रिक नीतिमा सामञ्जस्यता कायम गर्न राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन

फाइल तस्बिर

संसदीय समितिले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा सामञ्जस्यता कायम गरी बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य कायम हुने गरी मौद्रिक नीति जारी गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ। बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंकलाई यस्तो निर्देशन दिएको हो।

बैठकमा समितिका ज्येष्ठ सदस्य सभापति सन्तोष चालिसेले चालू आर्थिक वर्षको बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने गरी मौद्रिक नीति जारी गर्ने निर्देशन दिएको बताए। 

उनले बजेटले लक्ष्य लिएको आर्थिक वृद्धि गर्न आवश्यक पर्ने लगानी र आर्थिक गतिविधि चलायमान हुने गरी मौद्रिक नीति जारी गर्नुपर्ने समितिले निर्णय गरेको बताए। 

उनले आन्तरिक उत्पादन वृद्धि र रोजगारीलाई प्रोत्साहन गर्ने र अर्थतन्त्र चलायमान बनाउने नीतिहरू अवलम्बन गर्न, बैंकहरूले प्रवाह गर्ने कर्जाको सुपरिवेक्षण गर्ने संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न निर्देशन दिएको बताए। 

उनले अनुचित कारोबार गर्ने सहकारीको नियमन नेपाल राष्ट्र बैंकमार्फत गर्ने गरी आवश्यक र समन्वयको विषयमा राष्ट्र बैंकले अध्ययन गरी राष्ट्र बैंकले आफ्नो धारणा समितिलाई लिखित रूपमा उपलब्ध गराउन निर्देशन दिएको बताए। 

सुझावित समाचार