बरामद सुन परीक्षणका लागि टक्सार लगिँदै

बिहिबार, ४ साउन, २०८०
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन परीक्षणका लागि राष्ट्र बैंकको टक्सार विभाग लगिएकाे छ। राजस्व अनुसन्धान विभागको टोली बरामद सुनसहित टक्सार विभागतर्फ लागेको हाे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले मंगलबार बरामद गरेको थियाे । मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो । 

उक्त सुन जाँचपास भएको सम्बन्धमा छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समितिसमेत गठन गरिसकेकाे छ।

सुझावित समाचार