चितवनमा डेंगुबाट दुई हजार तीन सय ६ जना संक्रमित भएका छन् । आर्थिक वर्ष ०७९/८० मा जिल्लामा डेंगुबाट चारजनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार सात सय २८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेंगुको संक्रमण देखिएको थियो । चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेंगुबाट संक्रमित भएका थिए ।
जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेंगुको संक्रमण देखिएको केसीले बताए । भरतपुरमा एक हजार ६ सय ४६ जना र खैरहनी नगरपालिकामा एक सय ८४ जना संक्रमित भएका थिए । यस्तै, राप्ती नगरपालिकामा सयजना, कालिका नगरपालिकामा ५५, माडी नगरपालिकामा ४० र इच्छाकामना गाउँपालिकामा १६ जनामा डेंगुको संक्रमण देखिएको केसीले बताए।
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो रोगको संक्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण देखापर्ने चिकित्सक बताउँछन् ।
डेंगुबाट बच्ने मुख्य उपाय लामखुट्टेबाट बच्नु हो । लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँ जस्तैः गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले टाेक्ने ठाउँमा निस्कँदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्ने उनको भनाइ छ ।
डेंगुबाट चितवनमा दुई हजार संक्रमित
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
४ हप्ता अघि
सुझावित समाचार
राष्ट्रपतिद्वारा विपद्सम्बन्धी अध्यादेश जारी
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। मन्त्रिप…
दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन
काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न निर्देशन दिएकी छिन्…
तीन जिल्लाका सिडिओ फेरिए, कपिलवस्तुमा ज्ञवाली, उदयपुरमा शाही
काठमाडौं- गृह मन्त्रालयले तीन जिल्लामा नयाँ सिडिओ खटाएको छ। कपिलवस्तुमा तोयनारायण सुवेदी, उदयपुरमा कृष्णबहादुर शाही र अर्घाखा…
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक भएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बैठक…
दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले १०५.६२ मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त…
सिडिओसहित गृह मन्त्रालयका ३२ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ३२ जना कर्मचारीको सरुवा गरेको छ। सरुवासँगै विभिन्न जिल्ला तथा म…