त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन बरामद

राजस्व अनुसन्धानद्वारा हालसम्मकै ठूलो अपरेसन

बुधबार, ३ साउन, २०८०
डिजिटल संस्करण

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद गरेको छ। हङकङबाट आएको सुनसहित विभागको टोलीले एजेन्ट र भरियालाई पक्राउ गरेको हो। 

सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सूत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ गरेको हो। यो अपरेसन बुधबार बिहान ११ बजेतिरको हो। 

अध्यागमन र प्रहरीबाट समेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो। दुवैजनालाई विभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। यो विभागको इतिहासकै ठूलो अपरेसन हो।

सुझावित समाचार