नेप्सेमा दोहोरो अंकको वृद्धि

बुधबार, ३ साउन, २०८०
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । नेप्से परिसूचक ११.१७ अंकले बढेर दुई हजार एक सय ६५.२४ अंकमा कायम भएको छ।

आज दुई सय ६० कम्पनीको ८६ लाख ७४ हजार एक सय नौ कित्ता सेयर ५१ हजार चार सय ४५ पटक खरिद बिक्री हुँदा रु. तीन अर्ब ३४ करोड ८६ लाख ७९ हजार नौ सयबराबरको कारोबार भएको छ । 

आज बैंकिङ समूह २९.६६, विकास बैंक समूह ४९.१५, उत्पादन तथा प्रशोधन समूह ६६.२२, म्युचुअल फन्ड ०.०४ र व्यापार समूह १२८.७८ अंकले बढेको छ । बाँकी अरू समूहको उपसूचक भने घटेको छ ।

सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक ४८.७६ अंकले घटेको छ । त्यस्तै, वित्त १८.६४, होटेल तथा पर्यटन ३७.६५, जलविद्युत् १९.६८, लगानी ०.२६, जीवन बिमा समूह ४८.७६, लघुवित्त २०.८३, निर्जीवन बिमा १.८९ र अन्य समूह १५.११ अंकले घटेको छ ।

आज बिपिडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एनआइबिएल समृद्धि फन्ड–२ सेयर मूल्य सबैभन्दा धेरै ९.६४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको रु. २३ करोड ५७ लाख ४५ हजार चार सय ५७ बराबरको कारोबार भएको छ । कुमारी बैंक लिमिटेडको चार लाख ५३ हजार नौ सय सात कित्ता सेयर किनबेच भएको छ ।

सुझावित समाचार