साँगामा यात्रुवाहक बस भिरबाट खस्दा सातजना घाइते

बुधबार, ३ साउन, २०८०
डिजिटल संस्करण

काभ्रेको धुलिखेलबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस भक्तपुरको साँगामा भिरबाट खसेको छ।

बा.३ख ९३९६ नम्बरको बस साँगानजिकै झोलुंगे पुलमुनि दुर्घटनामा परेकाे हो। उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा चालकसहित सातजना घाइते भएका छन्।

घाइतेमध्ये चारजनालाई मध्यपुर अस्पताल र तीनजनालाई युवामुरा अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी चौकी जगातीले जनाएको छ।

सुझावित समाचार