महानगरले ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियाे : करिश्मा

बुधबार, ३ साउन, २०८०
डिजिटल संस्करण

अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगरपालिकाले जरिवाना तिराएर बगान फिल्मको प्रचार गरिदिएको बताएकी छिन्।

पोस्टर टाँसेर सहर दूषित गरेको भन्दै महानगरपालिकाले मंगलबार चलचित्र ‘बगान’लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको थियो। सोही विषयमा मेयर बालेन्द्र साहप्रति कटाक्ष गर्दै करिश्माले महानगरले ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदिएको टिप्पणी गरेकी हुन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो । कसले भन्छ बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ?’

सुझावित समाचार