धादिङबेँसी–मलेखु सडक पहिरोले अवरुद्ध

बुधबार, ३ साउन, २०८०
डिजिटल संस्करण

जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेंसी–मलेखु सडक पहिरोले अवरुद्ध भएको छ।

नीलकण्ठ नगरपालिका– ८ स्थित च्याडु घुम्तीनजिकै सडकमाथिबाट खसेको पहिरोले दिउँसो १२ः३० बजेदेखि सडकको दुवैतर्फ अवरुद्ध बनाएको हो। अहिले यस क्षेत्रमा सवारीसाधनको आवागमन पूर्ण रूपले ठप्प भएको छ।

घुम्ती कटेर सडक चौडा गरेको स्थानमा कमजोर बनेको जमिन भासिएर खसेको स्थानीयवासीले बताएका छन्। पहिरोले ठुल्ठूला ढुंगा र रूखसमेत खसालेकाले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरो खसेको ठाउँ उकालो र साँघुरो घुम्तीसँगै भएकाले जोखिम बढेको छ।

सुझावित समाचार