अभियान लघुवित्तको प्रतिवेदन सर्वसम्मतिले पारित

सोमबार, १ साउन, २०८०
डिजिटल संस्करण

अभियान लघुवित्तको आव ०७८/७९ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा भएको तेस्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो । 

सभाले सञ्चालक समितिले सर्वसाधारण सेयरधनीको तर्फबाट उमेश दाहाल र नारायणप्रसाद प्रसाईंलाई सञ्चालकमा मनोनीत गरेको निर्णय अनुमोदन गरेको जनाइएको छ । सभामा पछिल्लो समय लघुवित्तमाथि थपिएको चुनौतीका विषयमा छलफल भएको उल्लेख छ । कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीले संस्थाको वर्तमान अवस्था र विद्यमान समस्याका बारेमा जानकारी गराएका थिए । 

आव ०७८/७९ मा संस्थाको सबै वित्तीय सूचकांकहरू उत्साहप्रद रहेको साधारणसभामा जानकारी दिइएको थियो । चालू आवमा नै सर्वसाधारणमा सेयर जारी गरेको संस्थाको चुक्ता पुँजी २५ करोड रहेको जनाइएको छ । काभ्रेपलाञ्चोकको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले आव ०७८/७९ सम्ममा देशभर २१ जिल्लामा ६० वटा शाखामार्फत सेवा दिँदै आएको जनाएको छ । 

सुझावित समाचार