आइतबार हेटौँडाबाट प्रहरीले एक सय किलो ६ सय ग्राम लागुऔषध गाँजा र पिकअप गाडीसहित एकजनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले विशेष सूचनाको आधारमा हेटौँडा– ४ कर्रास्थित सडकखण्डमा सवारीसाधन रोकी जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध गाँजा बोकी ल्याएको बागमती प्रदेश ०३-००१ च १६८८ नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिएको हो।
बोलेरो पिकअप गाडीलाई रोकी शंका लागेर खानतलासी गर्दा उक्त गाडीको पछाडिको भागमा खाली क्रेटहरूको मुनी बोराभित्र लुकाइछिपाई गरी ल्याइएको अवस्थामा लागुऔषध गाँजा एक सय किलो ६ सय ग्राम फेला पारेको प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।
उक्त लागुऔषध र पिकअफ गाडीसहित चालक गोरखा पालुङटार नगरपालिका– ३ बस्ने ३७ वर्षका दुर्गा दर्जीलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता कार्कीले बताए।