एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तान ‘ए’लाई एक सय ८० रनको लक्ष्य दिएको छ।
श्रीलंकाको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ राेजेकाे नेपाल ३७ ओभरमै एक सय ७९ रन बनाएर अलआउट भयो । धर्मराएको नेपालकाे खेल सोमपालले सम्हाल्दै एक सय एक बलमा ७५ रन बनाए।
यस्तै, नेपालका कुशल भुर्तेल एक, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान रोहित पौडेल चार तथा भीम सार्की शून्य, पवन सर्राफ एक, कुशल मल्ल १७, गुसलन झा १३ र प्रतिस जिसी २६ रनमा आउट भए । ललित राजवंशी एक रनमा अटआउट रहे।
पाकिस्तानका शहनवाज दहानीले पाँच, मोहम्मद वसिम जेआरले चार र मुबसिर खानले एक विकेट लिएका छन्।