इक्यान अध्यक्षमा भट्टराईको उम्मेदवारी घोषणा

शुक्रबार, २९ असार, २०८०
डिजिटल संस्करण

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वका लागि आफ्नो टिम घोषणा गर्दै अध्यक्षका उम्मेदवार शेषराज भट्टराईले आफ्नो समूहको जित सुनिश्चित भएको दाबी गरेका छन्। 

काठमाडौंमा एक समारोहबीच आफ्नो टिम घोषणा गर्दै उनले भने, ‘अग्रजदेखि अनुजसम्मको साथ हामीलाई छ । भिजन भएको डाइनामिक टिम भएकाले हाम्रो जितलाई कसैले रोक्न सक्दैन।’ 

भट्टराई नेतृत्वको समूहबाट उपाध्यक्षमा श्रीराम पौडेल, गीता सिवाकोटी र दयाराम थापाले उम्मेदवारी दर्ता गराएका छन्। 

यस्तै, महासचिवमा दीपकराज भुसाल, सचिवमा भवनाथ हुमागाईं र रत्नबहादुर भट्टराईको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा आशिक कार्की, सहकोषाध्यक्षमा विकल्पराज पोख्रेलले उम्मेदवारी दिएका छन् । 

त्यस्तै, भट्टराई समूहको कार्यसमिति सदस्यका लागि सुवर्ण बस्नेत, विजयकुमार बस्नेत, रमेश लुइँटेल, उमा खड्का, गोविन्द खनाल, होेमराज थापा, राजेश श्रेष्ठ, मनोरथ शाह र वसन्त पाण्डेको उम्मेदवारी परेको छ। 

See More On

सुझावित समाचार