नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ

बिहिबार, २८ असार, २०८०
डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थप एकजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार केशव तुलाधरलाई पक्राउ गरेको हो। 

उनलाई सानोभर्याङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरुद्ध यसअघि नै अदालतमा मुद्दा दायर भइसकेको छ। ठगीमा उनको बैंक अकाउन्ट प्रयोग भएको प्रहरीले जनाएको छ।

सुझावित समाचार