जिल्लाको पूर्वीउत्तरी भेगमा पर्ने बुढीनन्दा नगरपालिका– ३ भुलेनमा रूखले च्यापिएर एकजनाको मृत्यु भएको छ।
बुधबार मध्यराति करिब १ बजे वर्षाका कारण घरपछाडिको रूख ढलेर स्थानीय च्यापिँदा ५८ वर्षीय गोकुले ल्वारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिए।
उनका अनुसार रूखले च्यापिएर ल्वारसहित एक भैँसी र पाडोको समेत मृत्यु भएको छ। स्थानीयले रूख ढलेर ल्वारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोल्टीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थलतर्फ गएको छ। घटनास्थलमा पुग्न करिब पाँच घन्टा लाग्ने प्रहरीको भनाइ छ।