वर्षाका कारण पहिराे खस्दा गएरातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ।
गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटदेखि छुट्ने सवारीसाधन पूर्ण रूपमा बन्द भएका छन्। पहिरो पन्छाउन डोजर पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।