उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण

बुधबार, २७ असार, २०८०
डिजिटल संस्करण
उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण

प्रतिकात्मक तस्बिर

उत्तर कोरियाले लामो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण प्योङयाङले आफ्नो हवाई क्षेत्रको उल्लंघन गर्ने अमेरिकी जासुसी विमानहरूलाई खसाल्ने धम्की दिएको केही दिनमै भएको हो ।

दुई कोरियाबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा तल्लो विन्दुमा छ । दुईपक्षीय कूटनीति अवरुद्ध भएको छ ।  उत्तर कोरियाली नेता किम जोङ उनले सामरिक एवं आणविकलगायत हतियार विकासका लागि आह्वान गरेका छन् । 

नेता किमको आह्वानको जवाफमा सोल र वासिंगटनले सुरक्षा सहयोगलाई बढाएका छन् । यदि प्योङयाङले अमेरिका र उसका सहयोगीहरूविरुद्ध आणविक हतियार प्रयोग गरेमा उत्तर कोरियालाई आणविक हतियारले नै जवाफ दिएर वर्तमान सरकारको अन्त्य गराउने प्रण अमेरिकाले गरेको छ । 

दक्षिण कोरियाको सेनाले बिहान १० बजे प्योङयाङ क्षेत्रबाट परीक्षण गरिएको लामो दूरीको ब्यालेस्टिक मिसाइल पत्ता लगाएको बताएको छ । ‘ब्यालेस्टिक  क्षेप्यास्त्रलाई उचाइमा प्रक्षेपण गरिएको थियो र पूर्वी सागरमा खस्नुअघि एक हजार किलोमिटर उडेको थियो,’ कोरियाका संयुक्त सेना प्रमुखले भनेका  छन् । 

परीक्षणलाई गम्भीर उत्तेजना भन्दै संयुक्त सेना प्रमुखले त्यसबाट कोरियाली प्रायद्वीपको शान्ति र सुरक्षामा हानि हुने भएकाले त्यसलाई अविलम्ब रोक्न प्योङयाङलाई आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघले निषेध गरेका गतिविधि उत्तरले गरेकामा त्यसको उनले निन्दा गरेका छन् ।

सुझावित समाचार