बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा मालपोतका पूर्वउपसचिव बालकृष्ण श्रेष्ठ पक्राउ परेका छन्।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न रहेकाहरूमाथि अनुसन्धान गरिरहेको सिआइबीले श्रेष्ठलाई पक्राउ गरेको हो।
यससँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १५ पुगेको छ। ललितानिवासको एक सय १४ रोपनी जग्गा व्यक्तिको नाममा किर्ते गरेर किनबेच गर्नेमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।