भारतमा स्कुलबसले कारलाई ठक्कर दिँदा ६ जनाको मृत्यु

मंगलबार, २६ असार, २०८०
डिजिटल संस्करण
भारतमा स्कुलबसले कारलाई ठक्कर दिँदा ६ जनाको मृत्यु

तस्बिर : इन्डिया टिभी

विपरीत दिशाबाट तीव्र वेगमा हुइँकिएको स्कुलबसले कारलाई ठक्कर दिँदा ६ जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा दुईजना बालबालिका रहेकाे भारतीय प्रहरीले जनाएको छ। दिल्ली–मिरुत द्रुतमार्गमा मंगलबार बिहान भएको उक्त दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बसचालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले बताएको छ। निजलाई नियन्त्रणमा लिइएको छ।

सुझावित समाचार