ट्रकका ट्रक पास हुने मल किन समात्न सकिएन : नारायणदत्त मिश्र

मंगलबार, २६ असार, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भारतबाट एक–दुई बोरा मल ल्याउने किसानको मल समात्ने, तर ट्रकका ट्रक पास हुने मल समातेको भन्ने कुरा नसुनेको भन्दै सरकारप्रति कटाक्ष गरे । उनले अवैधानिक बाटोबाट मल ल्याउनेहरूलाई कारबाही गर्न आग्रह गरे ।

उनले भने, ‘समयमा मलको पर्याप्त व्यवस्था हुन सकेको छैन । भारतबाट एक–दुई बोरा मल ल्याउने किसानको मल समातिएको छ । ट्रकका ट्रक पनि पास हुन्छ भन्छन् है, त्यो पक्रेको मलाई थाहा छैन ।’

राष्ट्रिय सभा सदस्य मिश्रले कैलालीमा पानी पर्न नसक्दा किसानले रोपाइँ गर्न नसकेकोप्रति सिँचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । 

सुझावित समाचार