अभद्र व्यवहार गर्ने १२ नगर प्रहरीलाई कारबाही

अभद्र व्यवहार निरुत्साहन गर्छौँ : नगर प्रहरी बल

मंगलबार, २६ असार, २०८०
डिजिटल संस्करण

 काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ। महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यस क्रममा सातजना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ । स्थायी सेवामा रहेका पाँचजनालाई निलम्बन गरिएको छ । 

‘अमानवीय व्यवहार देखिएपछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौँ । यसका साथै जनस्तरका आएका गुनासाको अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारबाही गर्ने गरेका छौँ,’ पाण्डेको भनाइ छ । 

यसप्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरणसम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ । 
 

सुझावित समाचार