संसद्को गतिरोध हटाउन शीर्ष नेताबीच छलफल

सोमबार, २५ असार, २०८०
डिजिटल संस्करण
संसद्को गतिरोध हटाउन शीर्ष नेताबीच छलफल

फाइल तस्बिर

संसद्को गतिरोध अन्त्यका लागि प्रमुख दलका शीर्ष नेताहरू आज पनि छलफलमा जुटेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल जारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले संसद्का दुवै सदन अवरुद्ध गर्दै आइरहेको छ। प्रतिनिधिसभाको बैठक आज ३ बजे बोलाइएको छ।

सुझावित समाचार