आयसर गाडीको फाइनान्सर्स भेला

सोमबार, २५ असार, २०८०
डिजिटल संस्करण

आयसर कमर्सियल भेहिकलको नेपालको आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल्स प्रालिले भोल्भो आइसर कमर्सियल भेहिकल्स इन्डियाको सहकार्यमा फाइनान्सर्स भेला आयोजना गरेको छ । कम्पनीले बैंकर्स तथा व्यवसायीहरूलाई साथ तथा सहकार्यका लागि कृतज्ञता जाहेर गर्ने, बतास अर्गनाइजेसन र एमएडब्लू कमर्सियलबीच भएको साझेदारीको विषयलाई उजागर गर्ने र आउँदा दिनहरूमा साझेदार कम्पनीको योजनालाई प्रस्तुत गर्ने उद्देश्यसहित मेला आयोजना गरेको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले भेलामा करिब एक सय ५० जना बैंकिङ तथा वित्तीय क्षेत्रका व्यक्ति, विभिन्न विधाका व्यवसायी, कमर्सियल भेहिकल्स क्षेत्रका अगुवा, यातायात संघका कार्यकारीहरू र विज्ञहरूको सहभागिता रहेको जानकारी दिए । कार्यक्रममा भोल्भो आइसर कमर्सियल भेहिकल इन्डियाका प्रमुख यसयस गिल तथा अन्य उच्च व्यक्तिको पनि उपस्थिति रहेको जनाइएको छ ।  

 नवीनता, दिगोपन र ग्राहककेन्द्रित समाधानमा साझा फोकसका साथ बतास एमएडब्लूले कमर्सियल भेहिकल्सको परिदृश्यलाई पुनः परिभाषित गर्ने र ग्राहकका लागि असाधारण अनुभवहरू सिर्जना गर्ने लक्ष्य राखेको कम्पनीका अध्यक्ष विष्णुकुमार अग्रवालले बताए । आयसर यात्राको सफलता र निरन्तरताका लागि विशेष भूमिका बैंकर्स र ग्राहकको रहेको र सहयोग, साझेदारीका लागि कम्पनीका सहअध्यक्ष आनन्दराज बतासले आभार जनाएका थिए । उनले आयसर ब्रान्डलाई कमर्सियल भेहिकल्स क्षेत्रका ग्राहकमा अझै बढी लोकप्रिय बनाउन आउँदा दिनमा पनि सहयोग र साथ दिन आग्रह गरेका थिए । कार्यक्रममा एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंकलगायत कुल नौ बैंकलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीका प्रबन्धक सञ्चालक शान्तराज बतासले टेलिमेटिक्स प्रविधिको कार्यान्वयन र हरेक ५० किलोमिटरमा सर्भिस नेटवर्क विस्तारका माध्यमबाट ग्राहकको सन्तुष्टि बढाउने बताए । यसका लागि उनले कम्पनीको रणनीतिक योजना सार्वजनिक गरेका थिए । 

सुझावित समाचार