एआईले कसरी रोक्छ भ्रष्टाचार ?

कर्मचारी भर्तीमा होस् या कुनै स्टार्टअपको क्षमता पत्ता लगाउन, एआई गतिलो माध्यम बन्न सक्छ

सोमबार, २५ असार, २०८०
डिजिटल संस्करण

भारतको शीर्ष आइटी सर्भिस कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेज (टिसिएस)लाई जागिर दिने प्रलोभन देखाएर घुस मागेको विषय चर्चामा आएको छ । एक व्यक्तिले टिसिएसमा कर्मचारीलाई करारमा राख्दा कर्मचारीकै कम्पनीमाथि ‘कृपा’ गरेको भन्दै सचेत गराएका थिए । यो मामिलापछि टिसिएसले नैतिक आचरणको उल्लंघन गरेको भन्दै ६ जना कर्मचारी र सोही संख्यामा बिजनेस एसोसिएट्समाथि तत्काल प्रतिबन्ध लगायो । 

त्यसो त यो कुनै खास विषय होइन । मार्केटिङदेखि सेल्ससम्म भारतमा प्राइभेट सेक्टर (निजी क्षेत्र)मा व्यापक भ्रष्टाचार फैलिएको छ । यस्ता प्रकरणमा जो जति मान्छे पर्छन् या दोषी ठहर हुन्छन्, उनीहरूको करिअरमा यसले खासै प्रभाव पार्दैन । यसकै कारण भारतमा प्रतिभासम्पन्न व्यक्तिको कमी छ । टिसिएसले जो व्यक्तिलाई निष्कासन गरेको छ, जुन एजेन्सीमाथि प्रतिबन्ध लगाएको छ, उनीहरूले भोलि अन्त जागिर पाउँछन् या आफ्नै कम्पनी पनि खोल्न सक्छन् । 

भारतमा सार्वजनिक क्षेत्रमा भ्रष्टाचारको जालो मौलाएको कुरा कसैले छोप्न खोजेर छोपिँदैन, देखिइहाल्छ । यस्तो भ्रष्टाचारको इतिहास लामो छ । अधिकांश भारतीय भ्रष्टाचार र यसमा हुने स्वार्थको द्वन्द्वका कारण बन्छन् । यस्तै, कतिपयले यो काम गराउने एउटै मात्र बाटो भन्ठान्छन् । यसकारण ठेक्का लगाउने धेरैजसो अधिकारी आफ्नो फाइदाका लागि विनाभय पब्लिक सेक्टरका भ्रष्टाचारीको नक्कल गर्छन् ।

स्थापित संगठनमा ‘रुल बुक’ र ‘ह्विसल ब्लोअर’ पोलिसी हुन्छन्, तर जब ठेक्का दिने प्रसंग आउँछ, मार्केटिङ डिपार्टमेन्टका व्यक्ति सीमाभन्दा बाहिर निस्कन्छन् । यस्तै, सेल्स डिपार्टमेन्ट झन् बढी आक्रामक बन्छन् । कतिसम्म भने लिडरसिप टिमले कम्पनीलाई चुस्तदुरुस्त राख्न कडा मिहिनेत गर्छ, तर कुनै अर्को म्यानेजरले यसमाथि खेल्ने मौका पाउँछ । प्रायः यस्ता मान्छे कम्पनीको कुनै पनि टेन्डर (ठेक्का) मा सहभागी भेन्डरलाई भ्रममा राख्नबाट सुरु गर्छन् । उनीहरूलाई अपूर्ण जानकारी दिन्छन् र अन्तिम समयमा ‘बृहत् योजना’का समस्या भन्छन् ।

लामो समयदेखि निजी क्षेत्रले इमानदार व्यवहारलाई कमजोर बनाइदिएको छ । भ्रष्टाचारको कुनै उमेर, जाति, लिंग र अनुभव हुँदैन । यी सबै क्षेत्रबाट परै हुन्छ । यसको चुस्त निरीक्षणमा कुनै नयाँ तौरतरिका पनि आवश्यक देखिन्छ । त्यसमध्येको एक प्रयोग एआई नै हुन सक्छ ।
 

परियोजना खर्चलाई लिएर पनि उनीहरूले यति धेरै दबाब सिर्जना गर्छन् कि सोझासाझा र इमानदार भेन्डर्स यो दौडबाट बाहिर भाग्छन् । यस्तो खालको भ्रष्टाचार बहुराष्ट्रियदेखि घरेलु कम्पनीसम्म छ । तर, जुन देशमा भ्रष्ट मानिस पत्ता लगाउन सहज छ, त्यही देशमा कैयौँको यस्तो कर्तुत बाहिर आउँदैन । भ्रष्टाचार गर्ने र कुनै भेन्डर्सलाई फाइदा पु¥याउनुको सट्टा उनीहरूलाई विदेशमा परिवारसँग छुट्टी मनाउन, महँगा उपहार किन्न, घरजग्गा या सन्तानको विदेशमा पढाइ खर्चका लागि पैसा जम्मा गर्ने अवसर प्राप्त हुन्छ । 

अब यहाँनेर आएर प्रश्न उठ्छ– निजी क्षेत्रका कम्पनीमा हुने यस्तो भ्रष्टाचार कसरी रोक्न सकिन्छ ? यसको सबभन्दा राम्रो तरिका निर्णय लिने प्रक्रियाको सुरुवाती चरणलाई अटोमेटिक अर्थात् स्वचालित गर्नु हुन्छ । पहिले प्रविधिको सीमाले गर्दा यो सब सम्भव थिएन । तर, एआई (कृत्रिम बौद्धिकता) को ल्यांग्वेज लर्निङ मोडलको सहयोगमार्फत यो काम गर्न सकिन्छ । 

भेन्डर्स छनोट प्रक्रियामा एआईको प्रयोगले घुसखोरीलाई समाप्त गर्न सक्छ । कुनै प्रपोजल सही छ या गलत भन्नका लागि एआईले लाखौँ उदाहरण दिएर जवाफ दिन सक्छ । यसैगरी, कैयौँ कम्पनीले पहिलेदेखि हरेक चिजमा हुने पूर्वाग्रह नामेट पार्न एआईको प्रयोगलाई बढावा दिइरहेका छन् । कर्मचारी भर्ती गर्न होस् या लगानीका लागि कुनै स्टार्टअपको क्षमता पत्ता लगाउन, एआई प्रयोगमा रुचि देखाएका छन् । भ्रष्टाचारसँग जुधिरहेका कम्पनीका लागि एआई एउटा गतिलो माध्यम हो । 

यति गर्दा पनि भ्रष्टाचार कायम रहन्छ भने यसलाई दण्डात्मक बनाइदिनुपर्छ, ताकि नियम उल्लंघन गर्ने आँट नै नआओस् । त्यसो त भारतमा जति घुस मिल्छ, त्योभन्दा बढी सुविधा दिन सक्दा राम्रो हुन्छ । यसलाई कर्मचारी सम्झौतामा सहभागी गरिनुपर्छ । 

लामो समयदेखि निजी क्षेत्रले इमानदार व्यवहारलाई कमजोर बनाइदिएको छ । भ्रष्टाचारको कुनै उमेर, जाति, लिंग र अनुभव हुँदैन । यी सबै क्षेत्रबाट परै हुन्छ । यसको चुस्त निरीक्षणमा कुनै नयाँ तौरतरिका पनि आवश्यक देखिन्छ । त्यसमध्येको एक प्रयोग एआई नै हुन सक्छ ।
 एनबिटी 

सुझावित समाचार