सुडानमा भएको हवाई आक्रमणमा २२ सर्वसाधारण मारिए

आइतबार, २४ असार, २०८०
डिजिटल संस्करण
सुडानमा भएको हवाई आक्रमणमा २२ सर्वसाधारण मारिए

तस्बिर : रोयटर्स

सुडानको ओमदुरमान सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। आवासीय क्षेत्रमा हमला हुँदा उक्त हताहती भएको हो।

यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहान ओमदुरमानको पश्चिममा रहेको दार अल–सलाम अल–अम्रिया क्षेत्रमा भएको हवाई हमलामा २२ नागरिकको मृत्यु भएको छ भने अन्य धेरै मानिस घाइते भएका छन्।

यससम्बन्धमा सुडानी सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। अर्धसैनिक र्यापिड सपोर्ट फोर्सले एक विज्ञप्ति निकालेर आक्रमणको निन्दा गरेको छ।

सुझावित समाचार