ओ लेभल क्रिकेट अम्पाएरिङ तथा स्कोरिङ तालिम सम्पन्न

आइतबार, २४ असार, २०८०
डिजिटल संस्करण

क्रिकेट अम्पाएरहरूका लागि पोखरामा आयोजना गरिएको ओ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न भएको छ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा शुक्रबार र शनिबार दुई दिन आयोजना गरिएको तालिममा प्रदेशका ११ मध्ये कास्की, नवलपुर, तनहुँ, स्याङजा, पर्वत र बागलुङका महिला र पुरुष गरी ४० जना अम्पाएरको सहभागिता रहेको थियो।

सहभागीलाई आइसिसी अम्पाएर दुर्गा सुवेदी र विनय झाले खेलका विविध विषयबारे सहजीकरण गरेका थिए। क्रिकेट खेललाई थप विश्वासिलो र प्रभावकारी बनाउन तालिम आयोजना गरिएको आयोजक परिषदका सदस्यसचिव श्रीधर शर्माको भनाइ थियो।

अनुशासित र मर्यादित खेलकुदका लागि यस प्रकारका तालिम महत्वपूर्ण हुने भन्दै परिषद्ले क्रमिक रूपमा संघहरूको समन्वयमा यस्ता तालिमलाई निरन्तरता दिने बताएको छ।

सुझावित समाचार